सर्वोच्चमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्यो : प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ

Sharing is caring!

भदौ ४, २०८० । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् । संसदीय सुनुवाई समितिमा सुनुवाईको प्रकृयामा श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्यायसम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो दश वर्षको तुलनामा अदालतमा कार्यबोझ पनि तीन गुणाले बढेर गएको बताए ।

उनले भने, २०६१ साल मसान्तसम्म १ लाख १० हजार १ सय २ मुद्दा थियो । तर, २०८० साल असार मसान्तसम्म ३ लाख ३७ हजार ६ सय २ मुद्दाको संख्या पुगेको छ । मुद्दाहरु करिव तेब्बर संख्यामा दर्ता हुने क्रम बढेको छ ।
१० वर्ष अगाडि फछ्यौट दर हेर्दाखखिी १० वर्ष अगाडि जम्मा ५४ हजार ४ सय ४४ मुद्दाहरु फछ्यौट भएको चर्चा गर्दै उनले तर ८० साल असार मसान्तसम्म १ लाख ८१ हजार ३ सय ३८ मुद्दा फछ्यौट भएका जानकारी गराए ।

उनले भने, सर्वोच्चको कार्यबोझ हेर्दाखेरि १० वर्ष अगाडि सर्वोच्चमा जम्मा २४ हजार ५ सय ७० मुद्दा पर्थे र फछ्यौट ६ हजार ७९६ मात्र हुन्थो । अहिले असार मसान्तसम्म ४० हजार ३०३ मुद्दाको दर्ता संख्या रह्यो । र त्यसमा १२ हजार १६२ फछ्यौट अर्थात् १० वर्ष अगाडिको तुलनाको रुपमा सवैभन्दा धेरै सवोच्चले फैसला गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *