बडादशैंको नवौं दिन आज महानवमी, सवारीसाधनको पनि पूजाआजा गरिँदै

Sharing is caring!

कात्तिक १, २०७५ । हिन्दूहरुको महान् चाड बडादशैंको नवौं दिन आज महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदूर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा बिहीवार नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदूर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर बिहीवार एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

बिहीवार बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जंगी निसानपूजा तथा कोतपूजा भइरहेको छ ।

नवमीका दिन सवारीसाधनलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *