प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

Sharing is caring!

भदौ ४, २०८० । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सुनुवाई प्रक्रिया टुंग्याएपछि उनलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको समितिको सभापतित्व गरेका पशुपति शमशेर राणाले बताए ।

उनले भने, नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइको लागि लेखि आएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाई, समितिको कार्यविधि २०८० बमोजिम सुनुवाई गर्दा प्रस्तावित व्यक्तिको योग्यता,क्षमता र अनुभव सहितको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ,नियमावली २०८०को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई नेपालको प्रधानन्यायाधीशको पदमा नियुक्तिको लागि सर्वसम्मतिले अनुमोदन गरियो ।

संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति दिने व्यवस्था अनुसार उनलाई प्रधानन्यायाधीशमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्ने छन् । श्रेष्ठले कानूनमा स्नातक र राजनीतिशासत्रमा स्नाकोत्तर गरेका छन् ।

२०३८ सालमा शाखा अधिकृतबाट काम सुरु गरेका उनी २०४५ साल जेठमा दार्चुला जिल्लाबाट न्यायाधीश पदबाट न्यायीक सेवा सुरु गरेका थिए । त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनले ०७१ सालमा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भए । त्यसको करिब दुई वर्षपछि ०७३ साउन १७ मा जिल्ला अदालत हुँदै सर्वोच्च अदालतमा नियुक्त भएका हुन ।

उनले अहिलेसम्मको न्यायिक सेवा अवधिमा १८ हजार ६ सय ८२ थान मुद्दाको न्यायिक निरुपण गरेको संसदीय समितिमा बताएका छन् । श्रेष्ठले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *