सबैको विमति रहेको अहिलेको संविधान परिवर्तन गर्न आवश्यक छ : उपेन्द्र यादव

Sharing is caring!

भदौ ४, २०८० । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा प्रदीप गिरिको विमति रहेकोले यस्को परिवर्तन आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा अध्यक्ष यादवले यो संविधानले आन्तरिम संविधानमा जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न नसकेको बताए । गिरिले समेत विमति प्रकट गरेको यो संविधानको परितर्वन अहिले सबैले महसुश गरेको पनि उनले बताए ।

उनले भने, यो संविधानले अन्तरिम संविधान जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न सकेन । समानुपातिक समावेशीता, सहि मानेको संघीयता निर्वाचन ,गणतन्त्रका बलिया आधारहरु प्रणाली जस्ता महत्वपूर्ण पक्षमा संविधानमा आएको कुरामा गिरिको विमति थियो । त्यसैले यसको परिवर्तन आज सबैले महसुश गरेका छन् । संविधान निर्माणमा धेरै त्रूटिहरु भएका छन् । जसले गर्दा अहिले पनि अप्ठ्यारोमा छ ।

अध्यक्ष यादवले सबैले मधेशी आदिवासी जनजाति, दलित महिला सबै पीडितको संघर्षमा शान्ति प्रकृयालाई बिथोल्न आएका भनेता पनि गिरि एक्लैंले मुक्तिको आन्दोलन हो सबैले साथ दिनुपर्छ भनेर वकालत गरेको स्मरण उनले भने, मधेशी जनविद्रोह, विभेदमा पारिएका सीमान्तकृत समूह मधेशीका साथ साथै आदिवासी जनजाति दलित महिला सबै पीडितको संघर्षलाई कसैले हिन्दूवादीले गरेको आन्दोलन भन्थे, कतिपयले शान्तिप्रकृयालाई बिथोल्न आएका पनि भने, यस्तो अवस्थको बीचमा नेपालको राजनीतिमा एक्लै प्रदीप गिरि रोएर भन्नुभयो यो मुक्तिको आन्दोलन हो ।सबैले साथ दिनुपर्छ भनेर उहाँ उभिएर वकालत पनि गर्नुभयो ।

गिरिले समाजवादलाई सामाजिक राजनीतिक र सांस्कृतिक धरातलमा उभिएर विश्लेषण गरेको पनि जानकारी पनि यादवले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *