राज्यले नै पहिचानको मुद्दालाई कमजोर बनाउने भूमिका खेलेको सरोकारवालाको तर्क

Sharing is caring!

भदौ ४, २०८० । जनता समाजवादी पार्टीका सांसद रेखा यादवले पहिचानको नारा दिएर राज्यले नै केही समुदायलाई कमजोर बनाउने प्रयास गरेको आशंका गरेकी छिन् । आज काठमाडौंमा आयोजित पहिचानको राजनीति र शिल्पी दलित मुक्तिको सवाल अन्तरक्रिया कार्यक्रममा उनले सरकार नै पहिचानको मुद्दालाई कमजोर बनाउन लागेको आरोप लगाइन् ।

उनले भनिन्, अहिले राज्यले कस्तो ठूलो खेल खेलिरहेको छ, मधेशले जब मधेश प्रदेश बनायो त्यो बनाउँने वित्तिकै जातिको नारा सुरु गरेको छ । यादव एकतर्फ अरुलाई एकतर्फ गरेको छ यो मधेश प्रदेशलाई कमजोर बनाउँनको लागि यस्तै गरी शिल्पी र दलित भनेर छुट्याएको पनि त्यही कमजोर बनाउँनको लागि जस्तो लाग्छ ।

त्यस्तै उनले एक भएर आवाज नउठाउने हो भने राज्यले कुनैपनि समुदायका आवाज नसुन्ने बताइन् । जसपा पहिचानको लागि जन्मिएको पार्टी हो । संघर्ष गर्नुपर्छ तर त्यसको लागि संगठित हुनु आवश्यक हुन्छ । एकताबद्ध भएर आवाज उठाएन भने समस्याको सुनुवाई हुदैँन् । उनले भनिन्, शिल्पी र दलित लेख्दैमा संगठित छ भन्ने बुझिदैँन्, पहिला के भनेर सम्बोधन गर्ने आफ्नो पहिचान बनाउँनु पर्छ । किनभने अहिले पनि तपाईहरुलाई विभाजित भएको देखिन्छ ।

त्यस्तै पूर्व राजदूत डा. निर्मल कुमार विश्वकर्माले दलित मुक्तिको सवाल अधिकारका लागि मात्रै नभएर पहिचानका लागिसमेत भएको बताए । जनजातिको सहभागिता दलित मुक्तिको लागि आशातित हुन नसकेको उनको तर्क छ । ‘दलित मुक्तिको सवालमा अधिकारको मात्रै होईन् पहिचानको कुरा हो । पहिचानको आन्दोलनले अहिलेका हाम्रो आवश्यकता, प्राथमिकतालाई सम्बोधन गर्छ भन्ने कुनै ग्यारेन्टी छ । यसमा हामी सचेत हुनुपर्छ ।

उनले भने, पहिचानको आन्दोलनमा दलितहरु एकजुट भएर लागेको छ तर जनजातीहरुको सहभागिता भने त्यती राम्रो देखिदैँन् । उनले अधिकार निर्माणका लागि राजनीतिक शक्ति निर्माण जरुरी रहेको बताए ।

उनले भने,पहिचानविना राजनीतिक शक्ति निमार्ण गर्न सकिदैँन्, जबसम्म राजनीतिक शक्ति निमार्ण गर्न सकिदैँन् तबसम्म अधिकार सुनिश्चित गर्न सकिदैँन् । त्यसकारण हाम्रो पहिचान छ त्यसलाई खोजेर मात्रै हामी अगाडि बढ्नु पर्छ ।

आफूहरुको पहिचान खोसिएको बताएका उनले आफूहरु हिन्दु धर्म भित्र नपर्ने तर्क गरे । दलित नाम लिएर एउटा निश्चित स्थानमा पुगौ त्यसपछि अर्को पहिचानको लागि जानु पर्छ । हाम्रो पहिचान खोसिएको हो । उनले भने,हामी हिन्दु धर्मभित्र पर्दैनौ यो कुरामा स्पष्ट हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *