युएईले विश्वकै ठूलो विमानस्थल बनाउदै

Sharing is caring!

वैशाख १७, २०८१ । ठूला र भव्य भवन बनाउने संयुक्त अरब इमिरेट्स (युएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । आइतवार, दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गरे । यो विमानस्थल निर्माणको काम सन् २०१३ मा नै सुरु भएको हो ।

अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा ठूलो हुनेछ । विमानस्थलमा २६ करोड यात्रु क्षमताको हुनेछ । अहिले रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुने पनि जनाइएको छ । दुबई एयरपोर्टका सबै कामहरु आगामी वर्षहरूमा अल मकतूममा सारिने छ । अल मकतूम एयरपोर्टमा चार सय टर्मिनल गेटहरू र पाँच रनवेहरू पनि समावेश गरिएका छन् ।

दुबईको सरकारी स्वामित्वको एयरलाइन इमिरेट्सका अध्यक्ष शेख अहमद बिन सईद अल–मकतूमले एयरपोर्ट प्रमुख क्यारियर इमिरेट्स र यसको कम लागतको एयरलाइन फ्लाईदुबई, साथै विश्वलाई दुबईमा जोड्ने सबै एयरलाइन साझेदारहरूको लागि नयाँ घर हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *