मंसिर २१ र २२ गते काठमाडौंमा वंशाणुगत रोगबारे पहिलो राष्ट्रिय सम्मेलन हुँदै

Sharing is caring!

मंसिर १९, २०७५ ।  यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा प्रज्ञा भवन कमलादीमा आगामी शुक्रबार र शनिबार बिहान साँढे ८ बजेदेखि साँझ ५ बजेसम्म सम्मेलन चल्नेछ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा उक्त सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । आयोजक समितिका उपाध्यक्ष डा.विष्णु मरासिनीले बंशाणुगत रोगकाबारेमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले भने,‘वंशाणुगत रोगको निदान, रोकथाम, कसरी जानकारी लिनेजस्ता विषयकाबारेमा सम्मेलनमा चिकित्सकहरुले जानकारी दिनुहुनेछ, ७ वटा सत्रमा विभाजन गरेर हाम्रो कार्यक्रम चल्नेछ ।’

कार्यक्रममा आयोजक समितिका सचिव उद्धव खड्काले उक्त स्वास्थ्य सम्मेलनमा उपस्थित भएर वंशाणुगत रोगका बारेमा जानकारी लिन आम नागरिकहरुलाई आग्रह गरेका छन् ।

उनले भने,‘हामीले पहिलो पटक वंशाणुगत रोगको क्षेत्रमा देखा परेका जटिल रोगहरु र यसमा गरिएका पछिल्ला अनुसन्धान बारेमा जानकारी दिने उद्देश्यले यो सम्मेलनको आयोजना गरेका हौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *