आइपीएल : पञ्जावसँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित

Sharing is caring!

वैशाख २०, २०८१ । इन्डियन प्रिमियिर लिग क्रिकेटमा पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । चेन्नईको एमए चिदम्बरम स्टेडियममा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पञ्जावले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

चेन्नईको जारी आइपीएलमा पाँचौं हार हो । चेन्नईको १० खेलमा १० अंक छ । पराजित भए पनि अंक तालिकाको चौथो स्थानमा यथावत छ । तर, चेन्नईको नेट रन रेट घटेको छ । उता, जितपछि पञ्जाब किंग्सले तालिकामा ८ अंक बनाएको छ । १० खेलमा चौथो जित हात पारेको छ । टोलीले ६ खेलमा हार बेहोरेको छ । पञ्जाब अंक तालिकाको सातौं स्थानमा पुगेको छ । यसको नेट रन रेटमा पनि सुधार भएकाले प्लेअफको आशा जीवितै छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले सुरुआत राम्रो गरेको थियो । ८.२ ओभरमा ६४ रन बनाएका बेला अजिंक्या रहाणे २४ बलमा २९ रन बनाएर आउट भएका थिए । उनले चार चौका प्रहार गरेका थिए । लगत्तै शिवम दुवे डकआउट भएका थिए । टिमको स्कोर ७० रन पुग्दा रविन्द्र जडेजा पनि व्यक्तिगत २ रनको अवस्थामा पभेलियन फर्किए ।

१० ओभरभित्र तीन विकेट गुमेपछि चेन्नई दबामा आएको थियो । एक छेउमा कप्तान ऋतुराज गायकवाड टिके पनि अन्य ब्याटरहरु आउने र जाने क्रम चलेको थियो । चौथो विकेटको रुपमा टिमको स्कोर १०७ पुग्दा चेन्नईका समीर सिज्भी २३ बलमा २१ रनको स्लो पारि खेलेर आउट भए ।

उनले जम्मा एक चौका प्रहार गरे । पाँचौं विकेटको रुप्मा कप्तान ऋतुराज अर्धशतकीय पारि खेलेर विदा भए । उनले ४८ बलमा २ छक्का र ५ चौकाको मद्दतले ६२ रन जोडेर क्रिज छाडेका थिए । मोइन ओली १५ रन बनाएर आउट हुँदा महेन्द्रसिंह धोनी १४ रनमा रनआउट भए । पञ्जावका हरप्रित बरार राहुल चहारले दुई दुई विकेट लिए ।

१६३ रनको लक्ष्यसहित मैदान उत्रिएको पञ्जावको सुरुआत भने खास रहेन । पहिलो विकेटको रुपमा प्रभासिमरन सिंह १३ रन बनाएर आउट भएका थिए । त्यसपछि जोनी वेरिस्टो र रिले रुसोले पारि सम्हालेका थिए । दोस्रो विकेट पञ्जावले ९.२ ओभरमा ८३ रन बनेका बेला गुमाएको थियो । दोस्रो विकेटको रुपमा जोनी वेरिस्टो ३० बलमा ४६ रन बनाएर आउट भए ।

उनले एक छक्का र सात चौका प्रहार गरे । त्यसैगरी रिले रुसो तेस्रो विकेटको रुप्मा आउट हुँदा पञ्जावले १२ औं ओभरमा ११३ रन बनाएको थियो । रुसोले २३ बलमा ४३ रनको पारि खेले । उनले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

अन्त्यमा शंशांक सिंह र साम करणले नटआउट पारि खेल्दै सहज जित दिलाए । शशांकले २६ बलमा २५ रन बनाएका साम करणले २० बलमा २६ रनको नटआउट पारि खेले । पञ्जावका सार्दुल ठाकुर, रिचार्ड ग्लेसन र शिवम् दुवेले एक एक विकेट लिए ।

आईपीएलमा आज हैदरावाद र राजस्थान रोयल्स राति पौने ८ बजे आमने सामने हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *