गठबन्धन भत्काउने प्रयास भइरहेको प्रधानमन्त्री प्रचण्डको दाबी

Sharing is caring!

साउन १४, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचार विरुद्धको लडाँई सुरु गरेपछि गठबन्धन भत्काउने प्रयास सुरु भएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित समाजवादी विद्यार्थी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन उनले, सरकार भ्रष्टाचार व्यथिति र विसंगतिविरुद्ध खरो उत्रिएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको छ ।

उनले भने ‘भ्रष्टचार र विसंगति विरुद्ध लडाई सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनेपछि समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने, उत्पन्न गर्ने अनेक खालको करसरतहरु भईरहेका छन् । तर हामी ती सबै षड्यन्त्रहरुलाई पराष्तगर्दै हाम्रो आफ्नो एकतालाइ अझै बलियो पार्दै एक अर्को प्रति विश्वासको धरातललाई अझै बलियो बनाउँदै अगाडि बढ्ने छौं।

सरकार अहिले जनता, युवा र नेपाल राष्ट्रको पक्षमा लडाई लडिहरको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *