२५ वर्षपछि ब्रह्मानन्दमको बलिउड कमब्याक

Sharing is caring!

माघ २९, २०८० । टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमव्याक गर्ने भएका छन् । हालै उनले लामो समयपछि टलिउडमा पनि कमव्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड कमव्याक गरेका थिए ।

ब्रह्मानन्दमले यसपटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा कमव्याक गर्न लागेका हुन् ।
यो फिल्ममा गुरु नै ‘हिरो’का रुपमा डेब्यू गर्दैछन् । फिल्ममा सई मान्जरेकर अभिनेत्रीका रुपमा हुनेछिन् । उनलाई ‘मेजर’ र ‘स्कन्द’ जस्ता फिल्मका लागि दर्शकले चिन्दछन् ।

फिल्ममा जी अशोकको निर्देशन रहनेछ । फिल्ममा ब्रह्मानन्दनको भूमिका कस्तो हुनेछ भन्ने हालसम्म केही खुलेको छैन । फिल्म फेब्रुअरी १६ मा रिलिज हुँदैछ । ब्रह्मानन्दले अमिताभ बच्चन अभिनित फिल्म ‘सूर्यवंशम’मार्फत बलिउडमा डेब्यू गरेका थिए । उनलाई साउथका सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ र राम चरणको फिल्म ‘गेम चेञ्जर’को पनि प्रस्ताव आएको छ ।

ब्रह्मानन्दमको तेलुगू फिल्ममा ठूलो योगदान छ । उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । उनले सयौं फिल्ममा आफ्नो कमेडी अभिनय देखाइसकेका छन् । आचार्य नागार्जुन युनिभर्सिटीले उनलाई ‘डक्टरेट’को उपाधि पनि दिइसकेको छ । उनको पारिश्रमिक अन्य कमेडीयनको भन्दा उच्च छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *