चन्द्र ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित

Sharing is caring!

वैशाख २७, २०८१ । नेपाल चाटर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पाेरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । ढकाललाई आज एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे ।

आज काठमाडौंमा आयोजित भेषमा आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना ,सामाजिक,आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा अफ आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *