आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री पुन

Sharing is caring!

वैशाख २७, २०८१ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटले अर्थतन्त्र चलायमान बनाउने र आम नागरिकको आशा जगाउने बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि–बजेट छलफलमा उनले देशको अवस्था गतवर्ष भन्दा राम्रो रहेको भन्दै बजेटमार्फत अर्थतन्त्र सुधारको वातावरण बनाउने बताए ।

उनले भने, ‘देशलाई उचित हुने, नीजि क्षेत्रलगायतलाई राम्रो हुनेगरी काम गर्छौं । यो भन्दा अरु विकल्प थिएन भन्ने खालको बजेट निर्माण गर्न खोजिरहेका छौं । देशको आर्थिक अवस्था चलाएमान बनाउनका लागि केही स्थानमा बोल्ड निर्णय पनि लिुनपर्ने छ । हामीले समग्र बजेटमा अर्थतन्त्र चलायमान बनाउने आशा जगाउन सकिन्छ भन्ने विश्वास छ । त्यो वातावरण बनाउने प्रयासमा छौं ।’

उनले जति समय मन्त्रालयमा बसेपनि देश, नीजि क्षेत्र र जनताको हितमा काम गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि बताए । उनले वित्तीय र मौद्रिक नीतिमा तालमेल मिलाउनुपर्ने सुझावमा आफू सहमत रहेको भन्दै यसपाली नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने विश्वास व्यक्त गरे ।

उनले भने, ‘वित्तीय नीति र मौद्रिक नीतिको एकरुपता हुनुपर्छ भन्ने कुरा आयो त्यसमा हामी कटिबद्ध छौ र छलफल पनि गरिरहेका छौं । किनभने धेरै टाढाको निकाय होईन्, एउटा कार्यगत स्वायतता पाएको निकाय हो, दिनदिनैका काममा सबैले चासो लिनु पर्छ । यसपटकको राम्रो चाही नीति कार्यक्रम एकातिर लाग्ने बजेट अर्को तिर र मौद्रिक नीति तेस्रो बाटो लाग्ने र बाटो फरक फरक यस्तो खाले हुदैँन् ।’

आर्थिक र प्रशासनिक विषयहरुका कारण नीजि क्षेत्रको मनोबल कमजोर भएको सन्दर्भमा अर्थमन्त्री पुनले सबै मनोबल उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘सम्पत्ति, परिवार र व्यवसायको सुरक्षा हुन्छ भन्ने कुरामा म विश्वस्त दिलाउन चाहन्छु । मनोबल कायम गर्ने कोशिसमा छौं । सरकारको तर्फबाट कमी भएको स्थानलाई सहज बनाउछौ,’ उनले भने ।

सरकारले कुनै पनि निर्णय एक्लै नगर्ने उल्लेख गर्दै मन्त्री पुनले नीजि क्षेत्रको सहभागिता विना कुनै पनि कानुनहरु बन्न नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *