पञ्चायत कालदेखि नै भ्रष्टाचारका चाङ सर्दै आयो : पूर्वमन्त्री खड्का

Sharing is caring!

असोज १३, २०८० । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ पञ्चायत कालदेखि सर्दै आएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित जनतासँग माओेवादी विशेष रुपान्तरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जनता भूमिहीन भइरहेको अवस्थामा पनि नेताहरु कसको नाममा सम्पत्ति राख्ने भनेर बसिरहेको खड्काले टिप्पणी गरे ।

उनले भने, ‘भ्रष्टाचारका चाङ पञ्चायत कालदेखि नै सर्दै आइरहेका छन् । चाल्नो जस्तो भण्डार बोकेर जहाँ पनि चुहिएको चुहियै छ । भ्रष्टाचारको डङ्गुर छ । कोही भूमिहीन छन् । कसको नाममा मेरो सम्पत्ति राख्ने भनेर नेताहरु बसेका छन् ।’

भूमिहीन र सुकुम्बासीको पक्षमा बोल्न बुढानीलकण्ठको स्थानीय सरकारले सकारात्मक भूमिका निर्वाह नगरेको गुनासो पनि उनले गरे ।

बुढानीलकण्ठका जनतालाई बलियो बनाउन पार्टीको रुपान्तरण अभियान भएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *