गहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग

Sharing is caring!

चैत ७, २०८० । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएकी हुन् ।

उनले भन् ि,‘हामी अवरोध गर्न चाहँदैनौँ । छानबिन समितिको मागसँग किन डराउनुप¥यो उहाँलाई ? हिजो बालकुमारी घटनाको छानबिनका लागि यहीँ उफ्री उफ्री कराउनुभएको थियो त । आज उहाँको विषयमा समिति गठन गर्नुप¥यो भन्दा समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहाँ जन्मिएको, उहाँ मात्र त्यसरी निस्कनुभएको हो ? किन डराउनुप¥यो ।

उनले सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको राय नै नमिलको भन्दै आपत्ति जनाईन् ।

प्रतिपक्षले पटक–पटक उठाएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ नै बाझिएको बताएकी हुन् । ‘गोरखा मिडिया खोल्दा १ रवि लामिछानेले करोड सुप्रिम सहकारीबाट लिएको देखिन्छ । जम्मा एक वर्ष मिडिया सञ्चालन गर्दा ३५ हजार मानिसले पेट काटेर जम्मा गरेको ५२ करोड रकम गैर कानुनी रुपमा प्रयोग भएको भनेर बोल्यो यही विषयको जवाफ कांग्रेसले प्रधानमन्त्रीबाट मारिाखेको थियौं । थियो । सत्ता पक्षमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा पनि यो विषयमा पटकपटक उठाउँदै आएका छौं । तर प्रधानमन्त्रीले हिजो भर्खर उठेको भनेर जवाफ दिनुभएको छ’,

न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले रवि सहकारीको संचालक कर्मचारी होइन भन्नुभयो । लिएको रकम फर्छ्यौट भएको भनेर बोल्नुभयो । तर हाम्रो पैसा हिनामिना भयो भनेर पीडित कराउँदै गर्दा रवि लामिछानेले प्रेस मिट गरेर मैले पैसा लिएको छैन भन्नुभयो म सम्झन्छु । । प्रधानमन्त्री लिएको पैसा फर्छ्यौट भयो भन्नुहुन्छ । गृहमन्त्री पैसा लिएको छैन भन्नुहुन्छ । पैसा नलिएको भए फर्छ्यौट कसरी भयो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *