नेपाली क्रिकट टोली अमेरिका पुग्यो

Sharing is caring!

वैशाख २४, २०८१ । नेपाली क्रिकट टोली अमेरिका पुगेको छ । आइसीसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ । काठमाडौंबाट जानलाई एकै चरणमा टिकट नपाइएपछि टोली दुई चरणमा गरेर अमेरिका प्रस्थान गरेको थियो । टी २० विश्वकपको अभ्यासका लागि नेपाली टोली त्यहाँबाट वेस्टइन्डिज पुग्ने छ ।

मियामी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिएको नेपाली टोलीलाई नेप्लिज एशोसिएशन अफ फ्लोरिडाका पदाधिकारीले स्वागत गरे । उपाध्यक्ष विनोद बस्नेतसहित पारस पन्त, सुदन सुवाल, सुमन सुवेदीका साथै नेपाली विद्यार्थीहरुले स्वागत गरेका हुन् ।

नेपाली टोलीले फ्लोरिडामै केही दिन अभ्यासपछि आइतबार वेस्टइन्डिज जाने छ । त्यसैगरी मिट एन्ड ग्रीट कार्यक्रममा पनि नेपाली टोली केहि दिन व्यस्त बन्ने छ । वेस्टइन्डिजमा अभ्यास गरेपछि नेपाली टिम विश्वकपका लागि अमेरिका आउने छ । त्यसपछि पनि फेरि विश्वकपको म्याचका लागि नेपाली टिमले वेस्टइन्डिजकै भ्रमण गर्नुपर्ने छ ।
आइतबार काठमाडौंबाट प्रस्थान गरेको टोली भने आज राति मात्रै मियामी पुग्ने छ । नेपाली टिमका सबै खेलाडीहरु पुगेपछि फ्लोरिडामा नेपालीहरुसँग मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना मंगलबार राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *