युक्रेनमाथिको आक्रमण झन तीव्र बनाउने पुटिनको संकेत

Sharing is caring!

वैशाख २४, २०८१ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्र्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तीव्र बनाउने संकेत गरेका हुन् ।

खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् । अभ्यासमा आणविक हतियारहरू पनि समावेश हुने र हतियारहरूसँग कसरी तयारी गर्न सकिन्छ र तिनीहरू केका लागि प्रयोग गर्न सकिन्छ भनेर तयारी अवस्थामा रहन निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
युक्रेनसँग युद्ध सुरु भएदेखि नै पुटिनले आणविक हतियारलाई लिएर पटक पटक अन्तर्राष्ट्रिय जगतलाई धम्क्याउँदै आएका छन् । पछिल्लो समय फेब्रुअरीमा पनि उनले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए ।

रुसी सेनालाई युक्रेनबाहेक पश्चिमा देशबाट पनि खतरा रहेको भन्दै पुटिनले आफ्ना सेनालाई तयार रहन निर्देशन दिएको रुपमा विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *