प्रधानमन्त्री कप महिला टी–२० : मधेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो

Sharing is caring!

पुस १२, २०८० । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट अन्तर्गत मधेस प्रदेशले लुम्बिनीलाई ८ विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । जितसँगै मधेस प्रदेश ६ खेलबाट ४ अंक बनाउँदो तालिकाको छैटौं तथा समान खेलबाट ४ अंक बनाएको लुम्बिनी पाँचौं स्थानमा रहेको छ । लुम्बिनी प्रदेशले दिएएको ९७ रनको लक्ष्य मधेश प्रदेशले २ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो ।

मधेसलाई जिताउने क्रममा पुजा महतोले नटआउट ६० रनको अर्धशतकीय पारि खेलिन् । उनले ५९ बलमा ५ चौका प्रहार गरिन् । यसैगरी अनुराधा चौधरीले १७ रन बनाउँदा प्रतिमा साहले २ रन बनाइन् । सरस्वती कुमारीले १२ रनको नटआउट पारि खेलिन् । लुम्बिनीका लागि कमला जिएम र सुस्मिता भुसालले एक एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले नटआउट ६४ रन बनाइन् । उनले ६४ बल फेस गदा २ छक्का र ८ चौका प्रहार गरिन् । सरस्वती जिएम १० रनमा रनआउट भइन् । अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन ।

मधेश प्रदेशकी साक्षी यादवले २ विकेट लिँदा पुजा महतो, आरती महतो र कविता गौतमले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *