काठमाडौंको तीनकुने पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

Sharing is caring!

असोज १४, २०८० । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि खबर गरेका थिए ।

शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ ।

प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *