कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी

Sharing is caring!

भदौ ८, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग ओलीले कोशी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा एमालेले ५० भन्दा माथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएको छन् ।

उनले भने, एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेको सरकार बन्छ एमालेको सरकार बन्छ मजाले चलाउँछ एमालेको ४७ होईन ५० भन्दा माथि जान्छ । अध्यक्ष ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारणले कोशीमा अस्थिरता आएको आरोप लगाए ।

उनले भने, गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको हो, पक्षले नबनेको सरकार बनाए भन्ने, सभामुखलाई राजीनामा गरेर संकट खडा गर्न लगाउने, कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेर संविधान मिच्ने ? संविधानको घोर उल्लङघन हो यो ।

अध्यक्ष ओलीले हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो कुरा नभएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *