डा.केसीसँग वार्ता गर्न तयार छौं, तत्काल अनशन तोड्नुपर्छ: पाण्डे

Sharing is caring!

माघ १८, २०७५ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीले तत्काल अनशन तोड्नुपर्ने बताएका छन् । उनले भने,‘सरकार केसीसँग वार्ता गर्न तयार छ । तर, उहाँले अनशन तोड्नुपर्छ ।’

शुक्रबार राजधानीमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले डाक्टर केसीको स्वास्थ्यप्रति वर्तमान सरकार संवेदनशील रहेको पनि स्पष्ट पारे । उनले भने,‘सरकारले गोविन्द केसीलाई मार्न चाहेको छ भनेर कसैलेपनि दुष्प्रचार नगरौं । यस्तो किसिमको भ्रम र अफवाह नफैलाउँ।’

उनले भने, सरकार केसीसँग सम्वाद गर्न तयार रहेको सुनाए । ‘सरकारले वार्ता टोली बनाउने वा नबनाउने वा एक्लै गर्ने भन्ने कुरा सरकारको हो ।’ पाण्डेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘नन–ईस्यु’ मा संसद अवरोध गरेर रडाको मच्चाएको पनि आरोप लगाए । उनले भने,‘एक जना डाक्टर गोविन्द केसीको पक्षमा लागेर व्यवस्था नै खराब हो जस्तो गरिरहेको छ ।’

कांग्रेससँग डाक्टर केसीबाहेक अरु कुनै एजेण्डा नभएको पनि आरोप लगाए । पाण्डेले भने,‘चिकित्सा शिक्षा विद्येयक केसीले उठाएको मागभन्दा माथि उठेर आएको छ । गोविन्द केसीको दिमागमा नभएको कुरा पनि विद्येयकमा आएका छन् ।’

उनले ऐनमै मेडिकल कलेज खोल्न नपाउने भनेर लेखिएको दुनियाँमै पहिलोपटक नेपालमात्रै होला भन्दै प्रश्न गरे । उनले भने,‘दुनियाँमै यस्तो बाध्यकारी प्रावधान कुनैपनि ऐनमा लेखिएको छैन होला । तर, नेपालमा लेखियो ।’

पाण्डेले कुनैपनि हालतमा विद्येयकको प्रस्तावनामा माथेमा आयोगको नाम नलेखिने जिकिर गरे । उनले भने,‘हिजो राजा, महाराजाको नाम लेखिन्थ्यो । तर, अब त्यस्तो हुँदैन् ।’ कांग्रेसले पनि अहिले आएर ठूलो र चर्को कुरा गर्न नहुने उनको भनाई छ । उनले भने,‘कांग्रेसले ठूलो कुरा गर्न पाउँदैन् । हिजो कांग्रेस सरकारमा हुँदा गोविन्द केसी ७ पटकसम्म अनशन बसे । तर, खोई त कांग्रेसले विद्येयक ल्याउन सकेको ?’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो

नदेखाएको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘डाक्टर केसी जनताको माग लिएर अडिग भएर लड्नुभएको छ । उहाँको जीवन रक्षा हुनुपर्छ । तर, सरकारले यसमा कुनै चासो राखेको छैन् । बेवास्ता गर्यो ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *