समाजवादी पार्टीले असोज ३ गते संविधान दिवस नमनाउने

Sharing is caring!

भदौ ३०, २०७६ । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको दिन खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने भएको छ ।

उक्त पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले एक विज्ञप्ति जारी गर्दै २०७२ सालको विद्यमान संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेकोले संविधान जारी भएको दिन कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ ।

असोज ३ गते संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरक्रियात्मक कार्यक्रमहरु ७ वटै प्रदेशको राजधानीमा गर्ने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *