हङकङबाट फर्किए राप्रपा अध्यक्ष लिङ्देन

Sharing is caring!

पुस १३, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा समाजको अधिवेशनलाई सम्बोधन गरि अध्यक्ष लिङ्देन स्वदेश फकिएका हुन् । उनी गत पुस ७ गते त्यसतर्फ गएका थिए ।

भ्रमणको क्रममा उनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट तथा नेपाली महावाणिज्यदूत र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग भेटवार्ता गरी नेपालीले भोग्नुपरेको समस्या लगायत विविध विषयमा छलफल अवगत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *