कोशीका मुख्यमन्त्री थापाले पाए विस्वासको मत

Sharing is caring!

भदौ ४, २०८० । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा उपस्थित ७७ जना सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत परेको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।

सोमबार साँझ अबेर गरी सुरु भएको मतदान प्रकृयामा प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चर्को विरोधको बीच मतदान प्रकृया अगाडि बढेको थियो ।

कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइन मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *