वीपीले देखाएको बाटोमा कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा

Sharing is caring!

भदौ २४, २०८० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले देखाएको राजनीतिको बाटोमा हिँडिरहेको बताएका छन् ।

आइतबार पूर्वप्रधानमन्त्री, कांग्रेसका संस्थापक एवं साहित्यकार वीपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा तीन दिने वीपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले बीपी कोइराला विशिष्ट र बहुआयमिक व्यक्तित्व भएको स्मरण गरे । कांग्रेस वीपीले देखाएको राजनीतिक बाटोबाट विचलित नहुने उनको भनाई छ ।

उनले भने, वीपी नेपाली राजनीतिको विशिष्ट र बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ ।

उनले वीपीको राजनीतिक रुपमा मात्रै नभई साहित्यकारको रुपमा पनि देशलाई अमूल्य योगदान गरेको बताए ।
सभापति देउवाले वीपीले लेखेका कथा पनि सत्य घटनामा आधारित र साहित्य समाज र वरपर भएका घटनाहरू नै हुने गरेको स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *