४.६ रेक्टर स्केलको भूकम्पको धक्का
असार २१, २०७६ । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।
आज (शनिबार) अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुस गरिएको हो ।
काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।