कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २० मा

Sharing is caring!

कात्तिक १८, २०७५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २० गते मंगलबार बस्ने भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

आइतबार कांग्रेस पार्टीले एक प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *