भक्तपुरमा आगलागी हुँदा तीनजना घाइते

Sharing is caring!

कात्तिक १८, २०७५ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आइतबार बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उहाँको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् ।

घाइतेहरुको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएका छन् ।

सो आगलागी बिहान ग्यास बाल्ने क्रममा भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *