पशुपतिनाथ परिसरमा स्तनपान कक्ष स्थापना

Sharing is caring!

पुस २४, २०८० । पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मंगलबार स्तनपान कक्षको उद्घाटन गरेकी छन् । शिशुलाई स्तनपान सामान्य विषयका रुपमा लिन नहुने उनले बताइन । मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै कोषले गरेको व्यवस्था राम्रो भएको भनाइ उनले राखिन् ।

उनले भनिन्, ‘यो धेरै पहिलादेखि उठेको विषय थियो, भक्तजनहरुले दिएको सुझाव पनि भएको हुनाले पशुपति विकास कोषको बैठकमा यो विषयको बारेमा कुरा उठेको थियो । आज यसको उद्घाटन भएको छ, यो हेर्दा सामान्य लाग्न सक्छ, तर समाजमा महिलाको हिसाबमा सोच्ने हो भने कठिन विषय नै हुन्छ । आज यो कोषले गरेको काम आभार व्यक्त गर्न चहान्छु ।’ मन्त्री सिर्पालीले आगामी दिनमा भक्तजनहरुको सुविधाका लागि थप काम गर्दै जाने भन्दै यसबाट पर्यटनको क्षेत्रमा पनि सकारात्मक सन्देश जाने बताइन् ।

उनले भनिन्, ‘पशुपतिनाथप्रतिको आस्थालाई अझै प्रसिद्ध गर्नको लागि यहाँ आउने भौतिक सुविधाहरु पनि आवश्यक पर्छ । दर्शन गर्न आउदा मानिसले खोज्ने भनेको एउटा भगवान्को पूजा अर्को भौतिक संरचनामा सुविधा पनि हो । यसले पर्यटनको क्षेत्रमा पनि सकारात्मक सन्देश दिन्छ, यसले भोलिको दिनमा अझै राम्रो कामहरु पनि गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *