एउटै व्यापारलाई धेरै कानूनले बाँधेको सरोकारवालाको गुनासो

Sharing is caring!

साउन १५, २०८० । सरोकारवालाहरुले एउटै व्यवसायलाई पनि धेरै कानूनले बाधेँको भन्दै असन्तुष्टि जनाएका छन् ।

विधायन व्यवस्थापन समितिको आजको बैठकमा विद्युतीय व्यापार विधेयक २०८० माथिको छलफलमा सहभागि पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले कानूनले सेवा प्रदायकलाई संरक्षण नगरेको गुनासो गरे । ठूला व्यवसायी मारमा पर्ने र साना व्यवसाय विस्थापित हुनाले विधेयकलाई परिमार्जन गरी व्यापारी उत्साहित बनाउनेतर्फ उनको जोड छ ।

दराज केमु प्रालिका प्रबन्ध निर्देशक आँचल कुँवरले सरकारले साना, मझौला व्यापारीको प्रबन्ध गरी दिगोरूपमा विद्युतीय व्यापारको संलग्नतामा बढाउन आवश्यक रहेको बताइन्।

त्यस्तै हाम्रो बजार भेन्चर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रोहित तिवारीले वस्तु वा सेवाको मर्मतसम्भारको वस्तु तथा सेवाको ग्यारेण्टीको शर्त पालना गर्न सहजीकरण गर्ने व्यवस्था हुनु पर्नेमा जोड दिए ।

उपभोक्ता हित संरक्षणका सचिव जयप्रसाद पौडेलले उपभोक्तालाई केन्द्रमा राखी विधेयकमाथि थप छलफल हुन आवश्यक रहेको बताए ।

मितिमा सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक २०८० ले व्यापारीको प्रवर्द्धन गर्ने भन्दै विधेयक अपूर्ण भएको महसुस गरी थप सुदृढीकरण बनाउन समन्वयनको भूमिका खेल्ने वचन दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *