मधेस प्रदेश सरकारमा दुई मन्त्री थपिए

Sharing is caring!

साउन १५, २०८० । मधेश प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थपेका छन् ।

सोमबार आफै संग राखिरहेको दुई मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्दै यादवले मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।
मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रीमा सप्तरीका मोहम्मद समिमलाई र श्रम तथा यातायात मन्त्रीमा जनमतका चन्दन सिंहलाई नियुक्त गरेका छन ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नव नियुक्त दुवै मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री यादवले जसपाबाट बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई तत्कालका लागि मुख्यमन्त्री कार्यालयमा राख्ने व्यवस्था पनि गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *