आजबाट छठ पर्व विधिवत रुपमा सुरु

Sharing is caring!

मंसिर १, २०८० । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आजदेखि विधिवत सुरुवात भएको छ । चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ ।

ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । चारदिन सम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरीन्छ । श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले खरना गर्दछन् ।

खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर,चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठिमातालाई चढाउने गर्दछन । खीर चढाइसकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् ।त्यसलाई खरना भनिन्छ ।

तेस्रो दिन (आइतबार) छठ पर्वको मुख्य दिन हो । उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथो दिन (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *