नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो श्रृंखला

Sharing is caring!

वैशाख २०, २०८१ ।  नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखला जितेको छ ।

बिहीबार टीयू क्रिकेट मेदानमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले एक खेल अगावै श्रृंखला जितेको हो ।

आज दुई सय १० रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरभन्दा १ बल अगावै १८१ रनमा अल आउट भयो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९–१९ रन बनाए ।

यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज एसँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो । अन्तिम खेल शनिबार हुनेछ । शनिबार नेपाल श्रृंखलाको सुखद अन्त्य गर्ने उद्देश्यसहित मैदान फर्किने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *