विश्वकप छनोट : नेपाल र लाओसले खेले बराबरी

Sharing is caring!

असोज २५, २०८० । अन्जन विष्टको कीर्तिमानी गोलसँगै नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओस विरुद्ध १–१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा बराबरी गरेको हो । नेपालका लागि अन्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए ।

४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अन्जनले नेपाललाई खेलमा फर्काएका थिए ।
अन्जनको किर्तिमान
अन्जनको यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । उनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।
पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइनेछ । एसियाली टोलीहरु मध्यको वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् ।

नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *