वर्तमान समयमा राष्ट्र र राष्ट्रिय एकता महत्वपूर्ण : सभापति देउवा

Sharing is caring!

साउन १५, २०८० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान समयको महत्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा सभापति देउवाले अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रको सार्वभौम सत्ता भएको भन्दै यसलाई स्थायी बनाउनु सबैको कर्तव्य भएको बताए ।

उनले भने, अहिलेको हाम्रो आवश्यकता यो संविधान अनुसार सबै पार्टीहरु बीचमा एउटा सहमति भएर संघीय लोकतान्त्रिक संविधान बनाउनु छ । यो संविधानलाई स्थायी रुपमा अगाडि बढाउन हाम्रा कमी कमजोरीहरु सुधार गर्नुपर्ने प्रशस्त ठाँउहरु छ । अहिलेको महत्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो । राष्ट्रको सार्वभौम सत्ता हो । यसलाई स्थायी बनाउने हाम्रो कर्तव्य हो । यसमा हामी सबै लाग्नु पर्छ ।

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायी रुपमा सुदृढ गर्नुपर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *