आइपीएल : केकेआरसँग मुम्बइ इन्डियन्स परराजित

Sharing is caring!

वैशाख २२, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा मुम्बइ इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएपछि प्लेअफ खेल्ने सम्भावना सकिएको हो ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको श्रेयस अय्यरको टोली प्लेअफमा पुग्ने बाटोमा छ । मुम्बई नवौं स्थानमा छ। पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरको १ बल बाँकी हुँदा सवै विकेट गुमाएर १६९ रन बनाएको थियो । जवाफमा मुम्बई १८. ५ ओभरमा सवै विकेट गुमाएर १४५ रनमा रोकिन पुग्यो ।

१७० रनको लक्ष्य पछ्याउन उत्रिएको मुम्बईले राम्रो सुरुवात गर्न सकेन । पावरप्लेमा एमआईले ४६ रनको स्कोरमा तीन विकेट गुमाएको थियो। इशान किशन १३ रन, नमन धीर र रोहित शर्माले ११–११ रन बनाएर आउट भए । यस खेलमा चौथो नम्बरमा ब्याटिङ गर्न आएका सूर्यकुमार यादवले विस्फोटक प्रदर्शन गरेका थिए । उनले ३५ बलमा ५६ रन बनाए । ३६० डिग्री ब्याट्सम्यानले ३० बलमा अर्धशतक प्रहार गरे । यो उनको आईपीएल करियरको २४ औं अर्धशतक हो । टिम डेभिडले २४ रन बनाउन सफल भए ।

यस्तै, मुम्बईका लागि तिलकले चार, नेहालले छ, पाण्डेयले एक, जेराल्डले आठ, पियुषले शून्य र जसप्रीतले एक रन बनाए । मुम्बईको टोली १८.५ ओभरमा १४५ रन बनाएर अलआउट भयो । मिचेल स्टार्कले १९ औं ओभरमा तीन विकेट लिए । उनले टिम डेभिड, पियुष चावला र जेराल्ड कोएत्जीलाई आउट गरेका थिए । उनले यो खेलमा चार विकेट लिएका थिए । बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङमा आएको कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्ससँग संघर्षरत देखिएको थियो । टोलीले ५७ रनको स्कोरमा पाँच विकेट गुमाएको थियो । मुम्बईको घातक बलिङका अगाडि साल्ट(नारायण जस्ता ब्याट्सम्यान पूर्ण रूपमा फ्लप साबित भए। उक्त खेलमा साल्टले ५ रन, रघुवंशीले १३ रन, श्रेयस अय्यरले ६ रन, सुनिल नारायणले ८ रन र रिंकु सिंहले ९ रन मात्र बनाए ।

यसपछि मोर्चा मनिष पाण्डे र वेंकटेश अय्यरले लिए । यी दुईबीच छैटौं विकेटका लागि ६२ बलमा ८३ रनको साझेदारी भयो। प्रभावशाली खेलाडीका रुपमा आएका पाण्डेलाई हार्दिक पाण्ड्याले आउट गरेका थिए । उनी ४२ रन बनाएर फर्किए । कोलकातालाई १७ औं ओभरमा दुई हार बेहोरेको थियो । आन्द्रे रसेलले यो ओभरमा ७ रन मात्रै बनाउन सके ।
मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिए । उनले वानखेडे स्टेडियममा आफ्नो ५० विकेट पूरा गरे । उनले रमनदीप सिंह, मिचेल स्टार्क र वेंकटेश अय्यरलाई आउट गरेका थिए । अय्यरले मुम्बईविरुद्ध ७० रनको शानदार इनिङ खेलेका थिए । यस क्रममा उनको ब्याटबाट ६ चौका र तीन छक्का निस्केका थिए । मुम्बईका नुवान तुषाराले तीन, कप्तान पाण्डेले दुई र पियुष चावलाले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *