रास्वपा सरकारमा जाने : रवि लामिछाने

Sharing is caring!

साउन १५, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौ सुदूरपश्चिम प्रदेश सम्पर्क विभाग गठनको लागि बृहत् भेला कार्यक्रममा सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिनगन्ती पनि सुरु भएको बताए ।

उनले भने ‘ हामी पनि दिन गनेर बसेका छौं । रास्वपा सरकारमा आउनेछ । रास्वपाले आफ्नो नीति लागु गर्ने छ । र हामी परदेश छोडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन विताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं ।

सभापति लामिछानेले आफुहरुले जनताको लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको लागि आजैबाट दिनको गन्ती सुरु भएको बताएका छन् । उनले भने ‘ काम गरिरहेका छौं कदमकदाचित छल गरेर बल गरेर मताधिकार कसैले खोसिदियो भने पनि आफ्नो काम गर्ने ठाउँमा भन्नुहोला यसपटकको चुनावमा त म आफ्नै देश जान्छु । भनेर छुट्टी माग्नुहोला । ’

रास्वपाले अब जिल्ला दौडाहा पनि बढाउने भन्दै सबैसँग सम्बन्धित जिल्लाहरुमा भेट्ने बाचा पनि लामिछानेले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *