भूकम्प पीडितका लागि चीनले उपलब्ध गरायो २६ करोड बराबरको राहत सामग्री

Sharing is caring!

कात्तिक २२, २०८० । पश्चिम नेपालका भूकम्प पीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज नेपाल आइपुगेको छ ।
चीनले २६ करोड बराबरको विभिन्न सामान पीडितका लागि नेपाललाई हस्तान्तरण गरेको हो ।

भूकम्प पीडितका लागि चाइना सरकारले घोषणा गरेको राहत सामग्री आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका दुई जिल्लामा ठूलो मानविय र भौतिक क्षति गरेको छ ।

भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *