संविधान अनुकूलका कानून निर्माणमा ढिलाई : अध्यक्ष तिमिल्सिना

Sharing is caring!

कात्तिक २२, २०८० । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुकूल कानून निर्माणमा ढिलाई भएको टिप्पणी गरेका छन् ।

बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७औँ साधारणसभाको सन्दर्भमा आयोजित ‘आजको सन्दर्भमा मानवअधिकारः संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले तीन वर्षभित्र बनाई सक्नुपर्ने कानून एउटा कार्यकाल पूरा भएर अर्को यति अगाडि आइसक्दा पनि बन्न नसकेको भन्दै संविधानअनुकूलका कानून निर्माणमा ढिलाइ भएको बताए ।

उनले भने, ‘संविधानको हिसाबले कहिँ अपुरो भए होला नत्र अधिकांश कुराहरु मौलिक हकसँग, मानवअधिकारसँग जोडिएका विषयहरुमा विगतका हाम्रा तिता अनुभवले पनि लामो राजनीतिक आन्दोलनबाट आएका दलहरुको नेतृत्वमा बनेको संविधान भएको भएर पनि होला सबै व्यवस्था गर्न सकेका छौं । तर त्यसअनुसार कानून बनाउने कुरामा चुकिरहेका छौं । तीन वर्षभित्र बनाइसक्नुपर्ने छ भनेको एउटा कार्यकाल पूरा भएर अर्को यति अगाडि आइसकियो तर पनि बनिराखेको छैन त्यसमा अझै कम ध्यान पुगेको छ ।’

उनले संविधान अनुसारका कानुन बनाउन सरकारले बढी ध्यान दिनुपर्ने भन्दै राष्ट्रियसभामा आएका विधेयकहरूलाई प्राथमिकता दिएर अघि बढाएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *