एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान मंसिर १४ गतेबाट सुरु हुने

Sharing is caring!

कात्तिक २२, २०८० । नेकपा एमालेको बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ । आज दिउँसो पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘देशलाई राम्रो बनाउँन सकिन्छ र बनाउने शक्ति यही छौं भन्ने शन्देश दिने हाम्रो अभियानको मुख्य उद्देश्य हो । जनताका गुनासा,सुझाव सुन्दै र संवाद गर्दै सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिने गरी हामीले मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्षद्वारा सुरुवात गर्छौ ।’

उनले मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न स्थानमा सभा,अन्र्तक्रिया र छलफल गर्ने, त्यहाँको चुनौतिको अध्ययन विमर्श लगायत विभिन्न कार्यक्रम गर्दै अभियान चिवाभञ्ज्याङमा पुर्याएर अन्त्य गर्ने बताए ।
आफ्नो अभियान राजनीतिक भन्दा धेरै विकास निर्माण,सामाजिक एकताको सन्देश दिने सिङ्गो देशको अभियानको रुपमा अगाडि बढाउने ज्ञवालीले बताए ।

‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ’, ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *