संक्रमितको संख्या २०९९ पुग्यो, थप २८८ जनामा कोरोना पोजेटिभ

Sharing is caring!

जेठ २०, २०७७ । नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ । मंगलबार थप २८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २०९९  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये नयाँ थपिएका संक्रमणमा २७० जना पुरुष र १८ जनामा महिला रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रौटहटका ३८, स्याङ्जा ५, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेखका ९, सल्यान १८ र अछाम १० जनामा रहेका छन् ।

यसैगरी बाराका १, दाङ १७, प्युठान १, कञ्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २, रौतहट ३६, सर्लाही २१, सिराहा १७, भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौंमा  ४ जना स्वास्थ्यकर्मी, नवलपरासी १, नवलपरासी पश्चिम १, नवाकोट २ र रुपन्देही १० जनामा रहेको छ ।

अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै अस्पतालबाट कुल २६६ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ जना र आइसोलेसनमा एक हजार ८२५ जना रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *