भारतले भन्यो- नेपालको भूमि मिचिएको छैन

Sharing is caring!

कात्तिक २१, २०७६ । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको भूमि नमिचिएको दाबी गरेको छ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रविश कुमारले नयाँ नक्सामा नेपालसँगको सिमानामा कुनै परिवर्तन नभएको बताएका छन् । उनले सो नक्साले भारतको सार्वभौम भू-भागलाई मात्र दर्शाएको उल्लेख गरे ।

उनले नेपालसँग सीमासम्बन्धि विषयमा विद्यमान संयन्त्रले काम गरिरहेको बताए । उनले भने, ‘हामी मित्रवत र निकट द्विपक्षीय सम्बन्धको भावना अनुसार सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता दोहोर्याउन चाहन्छौं ।’

‘दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्छ। विवादित विषयमा वार्ता र सम्वाद गर्न हामी तयार छौं’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *