आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्चको आदेश

Share this news:

मंसिर २०, २०८० । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना हाल थुनाबाहिर थिए । यसअघि आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो ।

आरतीका भाई प्रेम साहले आरती हत्याको पूर्ण छानविन नभएसम्म अनसन नतोड्ने बताएका छन् । उनीहरु अहिले पनि रत्नपार्कस्थित शान्ति वाटिकामा धर्नामा छन् । उनले भने ‘ अदालतको अहिलेको आदेश सकरात्मक छ स्वागत योग्य छ । तर हामी सरकारले यो हत्याको पूर्ण छानविन नगरेसम्म धर्ना रोक्ने पक्षमा छैन् । ’

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले अदालतमा जाहेरी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *