सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाका उपज : वरिष्ठ उपाध्यक्ष मिश्र

Sharing is caring!

मंसिर २०, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाका उपज भएको टिप्पणी गरेका छन् ।

बुधवार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले नक्कली भूटानी शरणार्थी प्रकरण, एनसेल प्रकरण, सुन तस्करी प्रकरण सबै यही व्यवस्थाका उपज भएको उनको तर्क छ ।

‘संसारमा त्यस्तो कुनै देश छैन् जसले वेतनधारी कर्मचारीतन्त्रको यूनियन बनाएर त्यस देशले प्रगती गरेको होस् । अथवा संवैधानीक नीतिमा यस्तो धेरै हस्तक्षेप गरेर त्यो सुशासन दिन सकियोस् ।’ उनले भने ‘त्यसैले यो एनसेल, सुन तस्करी प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणहरुको कुरा गर्नु सबै अर्थहीन हुन्छ । यो सबै वर्तमान व्यवस्थाको उपज हो ।’

नेपालको संविधानले कर्मचारीतन्त्र, न्यायपालिका र पेसाकर्मीहरुलाई राजनीतिमुक्त राख्न नसकेको उनको भनाई छ ।
उनले भने, ‘हामी सबै मिलेर सबैभन्दा पहिले शान्ती स्थापना, भौगोलिक अखण्डता, सार्वभौमसत्ता अन्तरराष्ट्रिय सम्मानलाई सुरक्षित राख्यौँ । जसले नेपालको संवैधानिक निकायहरुलाई राजनीति मुक्त राखोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *