कम्युनिष्ट पार्टीबीच एकीकरण आवश्यक : प्रवक्ता महरा

Sharing is caring!

साउन ९, २०८० । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन् ।

नरबहादुर कर्माचार्यको १० औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले साम्राज्यवादले कम्युनिष्ट आन्दोलनलाई कमजोर खोजेको भन्दै त्यसविरुद्ध लड्न कम्युनिष्ट पार्टीकबीच एकता आवश्यक भएको बताएका हुन् ।
देशमा साम्राज्यवाद हावी हुदैँ गएको भन्दै यसलाई चिर्न सबै एकजुट भएर एकताको पहल गर्न जरुरी भएको उनको तर्क छ ।

वास्तवमा कम्युनिष्ट आन्दोलनका धेरै चिराहरु छन्, यो चिराले कम्युनिष्ट आन्दोलन अगाडि बढाउदैँन्, साम्राज्यवाद हामीलाई कमजोर बनाउँन चहान्छ । त्यसकारण हामी सबै कम्युनिष्ट आन्दोलनका टुक्राहरु जति छन्, सबैलाई देशमा साम्राज्यवाद हावी हुदैँछ, यसलाई चिर्न हामी सबै एकजुट भएर एकताको पहल गर्न जरुरी छ, यो आजको आवश्यकता पनि हो ।’

यस्तै उनले व्यवहार र सिद्धान्त दुईवटा कुरालाई सन्तुलनमा राख्ने हो भने मात्रै हामी अगाडि बढ्न सक्ने बताए ।
उनले भने,‘हामी व्यवहारका नाममा सिद्धान्तलाई विर्सिने र सिद्धान्तलाई समात्ने नाममा व्यवहार विर्सिने यो दुईवटा कुरालाई हामीले दरोसँग मिलाएर लानुपर्छ भन्ने पक्षवादी नरबहादुर कर्माचार्य हुन् । यो दुईवटा कुरालाई सन्तुलनमा राख्ने हो भने मात्रै अगाडि बढ्न सक्छौ । हामीले अहिले पनि कम्युनिष्ट आन्दोलनलाई यसरी नै लानुपर्छ, हाम्रो आन्दोलनमा अहिले धेरै विवाद छ, धेरै टुक्रामा छ ।’

नरबहादुर कर्माचार्यको पार्टी एकतामा ठूलो भूमिका खेलेको भन्दै पार्टी एकिकरण गर्ने समयमा उनले दिएको निर्देशन एक दमै फलदायी रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *