सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ

Sharing is caring!

साउन ४, २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् ।

बिहीबार नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकसंगै चितवनका अशोक लामा पनि पक्राउ परेका हुन् ।

यसअघि प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब १०० किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *