व्यक्तिगत आकांक्षले राष्ट्रियतामा खतरा बढेको छ : नेता भण्डारी

Sharing is caring!

भदौ २४, २०८० । नेपाली कांग्रसका नेता चन्द्र भण्डारीले व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठि कार्यक्रममा उनले बीपीले भनेको अनुसार देशमा राष्ट्रियतामा खतरा देखिएको बताएका हुन् ।

राष्ट्रियतामा सबै भन्दा खतरा व्यक्तिगत महत्वकांक्षाले, व्यक्तिगत द्धन्द्धले, जातिय हिंसाले र बीपीले विदेशीसंग पैसा लिने आत्मसमपर्ण गर्ने गर्न थालियो भने राष्ट्रियता खतरामा हुन्छ भन्नु भएको छ । अहिले देशमा ठयाक्कै त्यही देखिएको छ । व्यक्तिगत महत्वकांक्षा उस्तै छ । सामाजिक द्धन्द्ध बढ्दै छ।

उनले नेपालमा सिंङगो पार्टीको नेता कोही पनि नभएको बताएका छन् । उनले गुट उपगुटको नेता भएको र यसरी पार्टीहरु नै कमजोर भएपछि मुलुकको संरक्षण कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *