सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेको छैन् : सभापति खतिवडा

Sharing is caring!

भदौ २४, २०८० । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशमा सुशासनको अवस्था कमजोर भएको बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताले सरकारबाट अपेक्षा गरे जस्तो कामहरु गर्न नसकेको बताएका हुन् ।

देशमा सुशासनको अवस्था कमजोर छ । सरकार बनेकोमा मान्छेहरुले ठुलो आकांक्षाहरू राखेका छन् । त्यो अपेक्षा अनुसारको काम गर्न सकेको छैनौ । सरकारले पनि गर्न सकेको छैन् । जहिले पनि राजनीतिक पार्टीहरु एक आपसको मुद्दामा आफै झगडा गरेर मात्र बस्ने सेवाहरु जनतालाई दिन नसक्ने पद्धतिले जनतामा निराशा उत्पन्न गरेको छ ।

आत्महत्यालाई नियन्त्रण गर्नको लागि सरकारी स्तरबाट मात्रै नभई सबै क्षेत्रबाट नयाँ आयमहरुको खोजि हुनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *