आज यी पाँच प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

Sharing is caring!

वैशाख २६, २०८१ । बुधबार पनि काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव परेको छ ।

आज बिहानैबाट देशभर आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशको थोरै तथा बागमती र सुदूरपश्चिम प्रदेशको एक–दूई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ ।

बुधबार दिउँसो देशको पहाडी भु–भागको केही स्थानसँगै तराईमा पनि मेघगर्जन-चट्याङ्ग-हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले उल्लेख गरेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग-हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *