पाँच चोटी प्रधानमन्त्री हुनु लजास्पद : उपाध्यक्ष मिश्र

Sharing is caring!

भदौ २४, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री बन्नु लज्जाको कुरा भएको तर्क गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठि कार्यक्रममा उनले पाँच चोटी प्रधानमन्त्री हुन गौरवको कुरा नभई लजास्पद कुरा भएको तर्क गरेका हुन् ।

आर्थिक अवस्था न्युन छ र नेताहरु कुनै पनि बेला पाँच चोटिबाट ७ चोटिसम्म प्रधानमन्त्री बन्न तयार भएर बसेका छन् । पाँच पटक प्रधानमन्त्री हुनु गौरबको कुरा हैन लजास्पद कुरा हो । उनले भने, ३ चोटी ४ चोटी मन्त्री हुन भनेको लज्जाको कुरा हो । त्यो गर्वको कुरा होईन । त्यो भनेको देशलाई अस्थीर बनाएको र प्रधानमन्त्री भएर पनि केही गर्न नसकेको प्रमाण हो ।

धेरै पटक प्रधानमन्त्री हुनु भन्दा आफ्नो नेतृत्वमा के काम भयो भन्ने कुरा महत्वपूर्ण भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *