कांग्रेस सांसदले बाढी-पीडितलाई पाँच दिनको तलब सहयोग गर्ने

Sharing is caring!

असार ३०, २०७६ ।  नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहतस्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने भएका छन् ।

यस्तै, उनले विपद् व्यवस्थापनबारे संसदमा छलफल हुनुपर्नेमा संसद बैठक नै स्थगित गरिएको प्रति गम्भीर आपत्ति जनाएका छन् ।

संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नभएको काँग्रेस संसदीय दलको ठहर गरेको छ ।

कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ’ प्रमुख सचेतक खाणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *